adso

add

Sign up there

Click here for more!

Wednesday, July 23, 2014

बेपत्ता पाँच युवकको कंकाल ११ वर्षपछि परिवारलाई बुझाइयो



janakpur
जनकपुर, श्रावण ७ - जनयुद्धमा सुरक्षाकर्मीद्वारा वेपत्ता बनाई हत्या गरिएका पाँच युवकका मानव अवशेष (कंकाल) बुधवार पीडित परिवारलाई बुझाइएको छ । देवीचोकमा सामुहिक अवशेष बुझाइरहँदा हजारौं सर्वसाधारण भेला थिए ।
राष्ट्रिय मानव अधिकार आयोगका सचिव वेदप्रसाद भट्टराई, आयोगका पूर्व सदस्यहरु राम नगीना सिंह, गौरी प्रधान, सुशील, प्याकुरेलको उपस्थितिमा प्रहरीले पिडित परिवारलाइ पीडित परिवारलाई मानव अवशेष बुझाएका थिए ।
एमाओवादी महासचिव कृष्णबहादुर महरा, नेकपा-माओवादीका सचिव देव गुरुङ तथा नेकपा माओवादीका अध्यक्ष मातृकाप्रसाद यादवसहितका नेता, मानव अधिकारकर्मी, सञ्चारकर्मी तथा पीडित परिवारका सदस्यहरुको उल्लेख्य उपस्थिति थियो ।
२०६० साल असोज २१ जनकपुर ४ कटैया चौरीबाट बेपत्ता बनाइएका जनकपुरका २५ वर्षीय संजीवकुमार कर्ण, २० वर्षीय दुर्गेश लाभ, २५ वर्षीय जीतेन्द्र झा , २३ वर्षीय शैलेन्द्र यादव तथा २५ वर्षीय प्रमोद मण्डललाई संयुक्त सुरक्षा फोजको घुम्ती टोलीले पक्राउ गरी वेपत्ता बनाएको थियो ।
पाँचै युवाको गंगासागरको दक्षिणमा अवस्थित पवित्र स्वर्गद्वारीमा हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गरिएको थियो । अन्तिम संस्कार पूर्व आयोजित श्रद्धाञ्जली सभालाई एमाओवादी महासचिव महरा, नेकपा-माओवादी नेता गुरुङ तथा माओवादी अध्यक्ष मातृकाप्रसाद यादवले पाँचै युवकलाई सहिद घोषणा गरे ।
जनयुद्धको वेला वेपत्ता बनाई हत्या गर्ने सुरक्षाकर्मीहरुमाथि फौजदारी कानून अनुसार कारबाही हुनुपर्ने उनीहरुको भनाइ छ ।
वेपत्ता बनाइएका संजीवका पिता अधिवक्ता स्वर्गीय जयकिशोर लाभको प्रयास तथा राष्ट्रिय मानव अधिकार आयोग एवं अन्य सामाजिक संघ संस्थाको पहलमा संयुक्त सुरक्षा फौजले वेपत्ता बनाई हत्या गरेको संभावित स्थल -तल्लो गोदार गाविस ३ कमला नदीको किनार)मा २०६७ साल भाद्र २१ गतेदेखि असोज ३ गते सम्म उत्खनन गरी चार कंकाल फेला पारेका थिए ।
राष्ट्रिय मानव अधिकार आयोगको पहलमा दोश्रो पटक २०६७ फागुन १ गतेदेखि ३ गतेसम्म पुनः उत्खनन गरि बाँकीको एक कंकाल पनि संकलन गरेको थियो ।
राष्ट्रिय मानव अधिकार आयोगका तत्कालीन प्रवक्ता गौरी प्रधानको नेतृत्वमा आएको उक्त उत्खनन टोलीमा फिनल्याण्ड तथा जर्मनीका विशेषज्ञहरुका साथै पुरातत्व विभागका प्रतिनिधिहरु पनि सहभागी थिए ।
उक्त टोलीले डिएनए तथा उनिहरुलाई हत्या गर्न प्रयोग भएको गोलीको खोका आदिको परीक्षण पश्च्यात पाँचै युवकको सनाखत गरेको थियो । श्रोतका अनुसार पाँचै युवकलाई एसएलआरको गोली प्रहार गरी हत्या गरिएको थियो ।
२०६४ साल माघ १५ गते राष्ट्रिय मानव अधिकार आयोगले पाँच युवकलाई वेपत्ता बनाएको प्रशंगमा धनुषाका तत्कालीन प्रहरी प्रमुख एसपी (पूर्व प्रहरी महानिरीक्षक) कुवेरसिंह राना , वरिष्ठ प्रहरी उपरीक्षक चूडाबहादुर श्रेष्ठ, धारापानी सेनिक बैरेकका मेजर अनुप अधिकारी तथा प्रमुख जिल्ला अधिकारी रेवतीरमण काफ्लेलाई दोषी ठहर गर्दै सरकारसँग कारबाही सिफारिस गरेको थियो तर हालसम्म कोहीमाथि कार्यवाही भएको छैन । उल्टै तत्कालीन प्रहरी उपरीक्षक राना एमाओवादी नेता बाबुराम भट्टराईको सरकारमा प्रहरी महानिरीक्षक बनाइएका थिए ।
पीडित परिवारले हालसम्म क्षतिपूर्ति वापत ३ लाख तथा शान्ति मन्त्रालयबाट १लाख रुपियाँमात्र प्राप्त गरेको छ । श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै एमाओवादी नेता महराले वेपत्ता बनाई हत्या गरिएका पाँच वटै युवकलाई सहिद घोषणा गरिनुका साथै अन्य सहिदसरह १०/१० लाख रुपैयाँ क्षतिपूर्ति दिनु पर्ने माग समेत गरेका थिए ।
नेकपा-माओवादी नेता गुरुङले पाँच युवक वेपत्ता बनाइएको एक साता भित्रै वेपत्ता बनाइएका जनकपुर १० का मनोज दत्त तथा नगराइनका रामचन्द लालको समेत खोजी हुनु पर्ने माग गरेका थिए ।

No comments:

Post a Comment