adso

add

Sign up there

Click here for more!

Tuesday, June 24, 2014

नेपाली गजल संसार

देखाउ पानीमा आगो बालेर देखाउ ।
सुर्यलाई हत्केलाले छामेर देखाउ ।।

राख्यौ है सजिलै शौचालयमा ईश्वर ।
सक्छौ तिम्रो बुवाआमा राखेर देखाउ।।

यहाँ आफ्नो लागि त सबैले बाच्छन् ।
तिमीले अरूको लागी बाचेर देखाउ ।।

थाहा पाउने'छौ गरीबी के हो भनेर ।
दुई चार रात भोकै काटेर देखाउ ।।

समय लाई त्यति कमजोर न सोच ।
कस्ले सक्छ दिन्मा रात पारेर देखाउ।।

©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
२७ माघ २०७०

1]गल्ती गर्दैमा भुक्नु भन्ने के छ र।

संखनै चुमेर फुक्नु भन्ने के छ र॥

दोषिले भुल स्विकार्छ भने आफ्नो।

सच्चाउने हो त हुक्नु भन्ने के छ र॥

मानव सँगै दानवको कमी छैन यहाँ।

आरोप लगाई थुक्नु भन्ने के छ र॥

गन्तव्यमा पुग्न संघर्ष गर्नु पर्छ।

परिश्रम सित चुक्नु भन्ने के छ र॥

अमर होईन जिवन तर अमुल्य छ।

असफल हुदैमा रुक्नु भन्ने के छ र॥

ramesh rana

2].सहि कुरा सत्य विचार (विकाश अर्पण)

सहि कुरा सत्य विचार ढाँट्न ठिक्क हामी ।।
फुर्सदमा पराई कुरा काट्न ठिक्क हामी ।।

कसैको प्रगतिमा खुट्टो तान्ने प्रवृति छ
गर्न आफू नसक्ने झुट लाद्न ठिक्क हामी ।।

गल्ति आफ्नो लुकाएर जे नि गरे हुन्छ
आफू सत्य बन्न अनेक आँट्न ठिक्क हामी ।।

धनका सामु आँखै चिम्लि झुक्ने गर्छौ हामी
चालै नपाई नुन सुन साट्न ठिक्क हामी ।।

अर्काको चियो चर्चा गर्दा काल वित्छ
सत्यतालाई असत्यमा छाँट्न ठिक्क हामी ।।

अब यस्तै विचार हामी बाट त्याग्नु पर्छ
बनाउँ बरु विकासका मुल बाट्न ठिक्क हामी

3].सुन्दै अत्तालिने अनौठो कहानी छ म संग

सुन्दै अत्तालिने अनौठो कहानी छ म संग
चुसी कसैले छोडेको जुठो जवानी छ म संग

चिच्यौछु जब सम्झिन्छु सबै रुपहरु तिम्रो
मुटु जलाई छोडेको केहि खरानी छ म संग

बचेकै छु तिम्रो यादमा, देखिन्छु खुसी पनि
पागल आसमा बसेको यौटा परानी छ म संग

सासै यहा रोकिए जस्तो तिम्लाई भुली जादा
मुटु चीरी बनाएको नौलो निसानी छ म संग

185.जीवन दिन्छु तिम्लाई मन पारेर हेर त


जीवन दिन्छु तिम्लाई मन पारेर हेर त
त्यो सुन्दर मनलाई यता सारेर हेर त
बर्त बस पुजा गर यो साथीको लागि
एकै दिन मनको रहर मारेर हेर त
जीवन जिउन गाह्रो झनै सागर तर्न
मायाँको पुल छैन सागर तारेर हेर त
छोड्ने छैन तिम्लाई सधै साथ दिन्छु
मनको छेस्काले मलाई बारेर हेर त
यति कुरा हुदैनमा सगै बस्ने रहर भो
संगै बस्ने भए इजरायल झारेर हेर त
सुरज थापा मगर
जयखानी ८ गुल्मी 
हाल बुटवल

4].शत्रुलाई कारघारमा बान्न चाहान्छु।

शत्रुलाई कारघारमा बान्न चाहान्छु।
साच्चिनै उस्लाई मैले हान्न चाहान्छु॥

झुठो आरोप पाँउदा खटी नसक्नु भयो।
दोषी कसरी ठहरायो जान्न चाहान्छु॥

चिन्न सकेको छैन दुश्मन मेरो को होला।
तिमी मध्ये कुनै एक छान्न चाहान्छु॥

छिया छिया भएको छ मुटु जलेर अझै।
राफ बुझाउन छाला उस्को तान्न चाहान्छु॥

निर्दोश आँखाले सकिन पत्ता लगाउन।
अन्तिम आदेश गुरुकै मान्न चाहान्छु॥


कृष्ण पौड्याल 

बम्घा एक गुल्मी

5].स्वतन्त्रताको उपहार पायौ भने


स्वतन्त्रताको उपहार पायौ भने
खबर गर्नु नयाँ सन्सार पायौ भने

तिम्रो जस्तै भावना हुन्छ सब्को
नहेप्नु भाई लाचार पायौ भने

आज ढोग्नेले भोलि ठोक्छ पनि
ठुल नपल्टनु नमस्कार पायौ भने

पनि लागेको छु देश बनाउन
सल्ला गर्नु यस्तै विचार पायौ भने

वसिहेर्नु एकैरात भए पनि
दया मायाले पुर्ण परिवार पायौ भने

राम्ररि प्रयोग गरेस पुंसत्वको
फुलै फुलको वजार पायौ भने

नछोड्नु साझ विहान दिन रात
लाजले सजिएको मुहार पायौ भने

सबैलाई भन्नु है गाउँ शहर देश
मानवता नाप्ने आधार पायौ भने

वर्षौदेखि खोज्दै आइरहेक्को मान्छे
भनिबताउनु दैवको आकार पायौ भने

आत्मा मिल्नु पर्छ पति पत्नीको
खुसुक्क भन्नु यस्तो परिवार पायौ भने

नलोभ्यिनु सेरु एकोहोरो वसन्तमा
बैंसले भरिएको असार पायौ भने

ramthapa ;seru; myanmar mogok

6].ठाउँकुठाउँ दाम मोल्दै नहिड्नोस है

ठाउँकुठाउँ दाम मोल्दै नहिड्नोस है
मुखमा जे आयो त्यै बोल्दै नहिड्नोस है

खराब भएको हिजो आजको यामै
मान्छेको मान्वता तोल्दै नहिड्नोस है

भन्दै छु है खाडल अगाडि पट्टि
साथिसंगी छिचोल्दै नहिड्नोस है

गल्ति हुदैन केहि बोल्नु अगि सोचेको
जन्तासँग चै मन खोल्दै नहिड्नोस है

मर्दाक मलामि पर्दाका जन्ति हुन
आफ्नै इष्ट मित्र पोल्दै नहिड्नोस

Ram Thapa "Seru"


7].दरवार भित्रै बस्छौ अरे, रानी जस्तै पाल्छन होला

दरवार भित्रै बस्छौ अरे, रानी जस्तै पाल्छन होला
मिठो चोखो खान्छौ अरे , खसी सधै ढाल्छन् होला

खरको छाना चुहिएर,पानी झर्थे थाहा थियो तिम्लाई
भब्य महल तिम्रो छरे, सुनै सुनले टाल्छन होला...

माया देउला तिम्लाई भन्थे , जाडो हुदा ओढ्नलाई
एसी तिम्रो रूम्मै छरे ,हिटर पनि बाल्छन होला ...

कस्ती थियौ कस्ती भयौ, कहिले कही सोच्ने गर्छू
पैसा संगै बिकेउ अरे ,कठोर मन नी गाल्छ्न होला ..


25/06/2012
श्रेराज भण्डारी

8.छैन गन्तब्य तर पनि हतारमा छु म,

छैन गन्तब्य तर पनि हतारमा छु म,
अन्योल ग्रस्त मायाको संसारमा छु म!!

न त सक्छु तिमीलाई छोड्न न त बाबु आमा,
भित्र बाहिर पाइला राखी संघारमा छु म!!

यस्तो छ परिस्थिती निर्णय भन के लिउं ???
कसैसंग सम्बन्ध नतोड्ने बिचारमा छु म!!!

तिमि छौ म छु अरु के छ विश्वास बाहेक??
केवल तिम्रै भर छ मायाको आधार मा छु म!!

भेल छ, बाडी छ, आंधी-तुफान आउंदै छ रे,
आऊन समाउ हात मेरो जगारमा छु म!!
भित्र बाहिर पाइला राखी संघारमा छु म!!
१४/०६/२०६5 "सुमन काले"

9.मूल फुटेर मनमा, जलजल छ माया तिम्रो,

मूल फुटेर मनमा, जलजल छ माया तिम्रो,
स्वच्छ त्यो हिमनदिझैं, कलकल छ माया तिम्रो!!!

दिन रात साँझ बिहान्, हर्दम छ हरपल छ,
घण्टा, मिनेट सेकेन्ड , पलपल छ माया तिम्रो!!

यती धेरै माया मनमा, तर छ यो दुरी दुस्मन,
कस्तो कठोर याद यो, झलझल छ माया तिम्रो!!!

रक्सि चुरोट छोड्या'छु, तिम्रै मायाको कारणले,
कुलत ती छुटे सब, तलतल छ माया तिम्रो!!!

मन भा'छ वायुपंखी, बहकिन्छ कहिले काहीं,
पुर्नेको जुन झैं तिमी, टलटल छ माया तिम्रो!!!

मूल फुटेर मनमा, जलजल छ माया तिम्रो,
स्वच्छ त्यो हिमनदिझैं, कलकल छ माया तिम्रो!!!
१२/०८/२०६८ "सुमन काले

10.टाडा बस भन्दा सधैं , नजीक आउने तिमि नै हौ,

टाडा बस भन्दा सधैं , नजीक आउने तिमि नै हौ,
अंग अंग स्पर्श गरी, आगो लाउने तिमि नै हौ!!!!

सामिप्यता बढ्दै जाँदा, चाहना पनि त बढ्दै जान्छन,
जोशमा छौ होश गर्नु है?, दुख पाउने तिमि नै हौ!!

सबैको प्यासी मन हुन्छ, उफ: समाजको बन्धन हुन्छ,
थाहा छ सिमाना नाघ्नु हुन्न , तर धाउने तिमि नै हौ

पुरुष मन न हो, मिठो अनुरोध , कसरी नकार्ला र???
लोलाई "नयन" मधु रशमा, गीत गाउने तिमि नै हौ!!!

स्वर्णिम यो स्वर्ग रै'छ पल्कियौ तिमि ख्यालख्यालमै,
फिरन्ते त्यो भवरालाई नि, अमृत ख्वाउने तिमि नै हौ !!!
०३/०९/२०६८ "सुमन काले"



11.शहर पापी हो कि मान्छे ,पापी हुन्छन् शहरमा

कपिल ज्ञवाली “जिज्ञासु”

शहर पापी हो कि मान्छे ,पापी हुन्छन् शहरमा
आफ्नै दाहिने हातपनि ,घाती हुन्छन् शहरमा

गास चुड्यो गरीबी र हामी सोझा हुदांखेरी
हरामी र अगतिला ,जाती हुन्छन् शहरमा

प्रकृति र मिलानमा द्धिबिधा यो हुन्छ जब
मिठो मुख तर तिते ,पाती हुन्छन् शहरमा


ब्यर्थैं हुन्छन् जीवनहरु, देखासिकी गर्ने हुदां
सफा ज्यान हुनेहरु ,काती हुन्छन् शहरमा

मनखुसी नहुने भो जुगै भरी औंशि संगै
मध्य दिननी हाम्रा लागि ,राती हुन्छन् शहरमा

गजलगृह ,बुटवल – १४ ,रुपन्देही
kplgyawali3@gmail.com
9847123088

12.अप्सरा झै राम्री उनी लुकी लुकी हेर्छु

अप्सरा झै राम्री उनी लुकी लुकी हेर्छु
शिर देखी पाउ सम्म झुकी झुकी हेर्छु!१!

जुनेलीले जुन छर्दा सुन जस्तै राम्री
अँधेरिमा पँधेरिमा ढुकी ढुकी हेर्छु!२!

कल्पनाको संसारमा अंगालोमा बेर्दै
कालो लामो कपाल त्यो फुकी फुकी हेर्छु!३!

उनिलाई ठेस लाग्दा दुख्छ मेरो मुटु
अचानो झै हुन्छु अनी दुखी दुखी हेर्छु!४!

बेदनामा रुमलिदा रसाउछ आँखा
आँशु बनी परेलीमै सुकी सुकी हेर्छु!५!

जीतु खड्का गाउले
मोरङ उर्लाबारी

13.पैसा मात्र हेर्छेस्, तेस्तै हल्ला छ

पैसा मात्र हेर्छेस्, तेस्तै हल्ला छ
केटा मात्र फेर्छेस्, तेस्तै हल्ला छ

उम्केला कि माछो डराउछेस सधै
बेको कार्ड केर्छेस्, तेस्तै हल्ला छ

हतार हुन्छ तलाई बसमा पार्न उस्लाई
अंगालो मै बेर्छेस्, तेस्तै हल्ला छ

एउटा दुइटा होईन साथी धेरै चाहिने तेस्लाई
वारी  पारी  घेर्छेस्, तेस्तै हल्ला छ

अमृत, नबिन्, सनम उदाहरन तेस्का
ठाउँ पाए शेर्छेस्, तेस्तै 
हल्ला छ


नविन नेपाल, 

14.यो गोधुली साझ ढले सरी ढल्न

यो गोधुली साझ ढले सरी ढल्न पाए हुन्थ्यो
मैन जले सरी निमेष मै जल्न पाए हुन्थ्यो

पुग्नु कहाँ छ र पाईला चाळु हतारमा
बरु यतै कतै बेहोस भै लड्न पाए हुन्थ्यो

मै जोगी मै वियोगी दुनियामा मै भुक्तभोगी
मृत्यु अगाल्न जिन्दगीलाई छल्न पाए हुन्थ्यो

झुटो रहेछ     मायामोह    जिउने बहाना 
हिउचुलीको हिउसरी गल्न पाए हुन्थ्यो

यो गोधुली साझ ढले सरी ढल्न पाए हुन्थ्यो
मैन जले सरी निमेष मै जल्न पाए हुन्थ्यो



टि बि सागर 
इटहरी,नेपाल 

15.रन्किदा प्रज्वलित किरणहरु



रन्किदा प्रज्वलित किरणहरु कोकिन्छ मानव !
स्वयमलाई चिथोरी कोपर्दै झ्वोकिन्छ मानव !!

चाहतको सम्झौतामा न झुक्दा शिर जमिनतिर
छल्किएर छाल झैँ किनारमा ठोकिन्छ मानव

देखावटी खोक्रो बैमनष्य दिग्विजयको खातिर
पल्किएर नास्तिकको तराजुमा जोखिन्छ मानव

हतासिदै सौखिन भिखारी भई झोली बोकी हिड्दा
रड्कीएर सुन्यताको क्षितिजमा पोखिन्छ मानव

असन्तुष्टिको लहरमा भागेर थाक्दै न थाके पछी
सल्किएर अन्तेष्टिको चितामाथी पो रोकिन्छ मानव
इलामे गरुवाली साईलो

गरुवाली (तारा प्र .अधिकारी )

हाल कत्तार

16. सखारै उठी असिना पसिना,पोख्दै


रोहित राना

सखारै उठी असिना पसिना,पोख्दै छिन रे मेरी सानु
असार लाग्यो छुपुमाछुपु धान,रोप्दै छिन रे मेरी सानु

बाउसेहरु खन जोत गर्दै छन् रे, उनि बिउ गोर्द्दै हो रे
पानिले भिजाउछ भनी सेगुले,छोप्दै छिन रे मेरी सानु

सिमसिम झरी पर्दै छ रे, जाडो पनि उस्तै बर्दै  छ रे
चिसोले गर्दा अलिकति बेसी,खोख्दै छिन रे मेरी सानु

मैले भने काम गर्नु प्यारी,स्वास्थको ख्याल पनि  गरि
धानका बिउ डोकोमा राखी, बोक्दै छिन रे मेरी सानु

म यता तिमि उता जसो तसो गरेर खेत रोप्नु है  भने
हजुर नहुँदा पाएँ दुख आज, भोग्दै छिन रे मेरी सानु


रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल, अफ्गान


17.तिमी जस्तो निस्ठुरी त भेट्नु


शान्ति पाख्रिन

तिमी जस्तो निस्ठुरी त भेट्नु छैन अब
तिम्ले टेक्ने आगनी"मा टेक्नु छैन अब

चाहे जाउ चाहे खाउ नसा संगै चाहे रमाउ
छेक्थ्ये धेरै तिम्रो बाटो छेक्नु छैन अब

तिम्रो मन चक्कु रैछ यो मन नौनी थियो
जानी जानी आफ्नो गला रेट्नु छैन अब

पानि थिय सधै मत आगो पो रैछौ तिमी
आफैलाई आगो माथी घ"चेट्नु छैन अब

एक्लो भय भन्दैमा हरेस खाइ मर्दिन म
आफ्नो नाम निसाना नै मेट्नु छैन अब
S.P
शान्ति पाख्रिन
हाल-इजरायल

18. उसले मलाई अंगालोमा


प्रकाश अजनबी

उसले मलाई अंगालोमा लिएपछि आयौ
मेरो यौवन पराईले पिएपछि आयौ

बाटो हेरी हेरी रहे मैले घुम्टो उठाएर
मेरा बा ले कन्यादान दिएपछि आयौ

आउन त आयौ तिमी आउनु पो व्यर्थ भो
पराईसगँ भाको मेरो बिहेपछि आयौ

याद गरे तिमीलाई हर पल नयन भिजाएर
मेरो जिबन तिम्रो यादमा खिएपछि आयौ

लुटीसक्यो उसले मेरो जिन्दगीको मज्जा
जिन्दगीको अस्तित्त्व सकिएपछि आयौ ॥

प्रकाश अजनबी
कुर्घा पर्बत

19. उदाउँछ किन बिहान घाम


रोहित राना 

उदाउँछ किन बिहान घाम, म सोच्दैछु
दुखाउँछ किन मन अनायासै,म सोच्दैछु

पलपल मरेर नि जिउनु पर्ने कस्तो जीवन
चुडाउँछ किन सपनाहरु व्यर्थ,म सोच्दैछु

जीवनका सहास शिथिल,हुँदैछन हिजो आज
बुझाउँछ किन जीवनको दियो,म सोच्दैछु

उतार चढाव के-के आइ पर्ने हो जिन्दगीमा
जुताउँछ किन नसोंचेको हण्डर,म सोच्दैछु

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल, अफ्गान

20. साथि होस् त्येस्तो जस्ले सधै.


शान्ति पाख्रिन 

साथि होस् त्येस्तो जस्ले सधै साथ दियोस
ठेस लागी लड्न खोज्दा थाम्ने हात दियोस

इनै मन्मा कुनै बेला घाउ लाग्दा पीडाको
मलम जस्तै लगाईदिने मिठो बात दियोस

दु:खी हुदा सम्झाउदै ओठमा मुस्कान भर्ने
अधेरी मा ज्योती छर्ने जुनको रात दियोस

समाज भित्र बस्नु पर्छ भोली औला उठाय
काटे रगत सबको रातो भन्दै जात दियोस

मित्रताको बन्धन कच्चा धागो जस्तो हैन
सगरमाथा जस्तै उच्च उठ्ने माथ दियोस

शान्ति पाख्रिन
हाल-इजरायल

21.रातो रगतको- तातो भुल्को, आउ चाट फेरी

रातो रगतको- तातो भुल्को, आउ चाट फेरी
बाक्लो भा'छ गाऊॅ-बस्ती, आउ छाट फेरी ।

रातो खोला बग्दा मात्र, रातो सपना पुरा हुने
पुरा हुन्छ तिम्रो सपना, आउ काट फेरी ।

एउटा भुल्को मेचि बगाऊ, अर्को बगाऊ काली
पानि बेच- रातो रगत, आउ साट फेरी ।

ईतिहासमा तिमी हुन्छौ, जस्ले जित्छ उही
हिॅजो जस्तै भेडा नै छौॅ, आउ ढाट फेरी ।

ढाट, काट- तिम्लाई फाईदा, तिमीतिरै आउॅछन् 
भेडी तान्ने- रातो डोरी, आउ बाट फेरी ।

रातो रगतको- तातो भुल्को, आउ चाट फेरी
बाक्लो भा'छ गाऊॅ-बस्ती, आउ छाट फेरी ।।

दिः गजरा 
फुङ्लीङ् -२, मेदिबुङ् , ताप्लेजुङ्
((हालः सिड्नी))

22.मनैमा आएको जस्तो, एउटी साथी भेटियो


मनैमा आएको जस्तो, एउटी साथी भेटियो 
जवानीले छाएको जस्तो, एउटी साथी भेटियो
हेर्दा राम्री उनी, म देखि धेरै टाढा भएनि 
नजिकै पाएको जस्तो, एउटी साथी भेटियो
गजल लेख्दा भेटेनि, चारी र गुच्चा खेल्दाको
रहरैमा लाएको जस्तो, एउटी साथी भेटियो
शब्द जालमा रमाउने, गीत त्यो संगीतको 
धुन संगै गाएको जस्तो, एउटी साथी भेटियो
“शान्ति” हो नाम, अशान्ति यो जीवनमा
दिलले चाए’को जस्तो, एउटी साथी भेटियो
सुरज थापा मगर
जयखानी ८ गुल्मी 
हाल बुटवल

23.हिंड्ने बाटो भिरैभिर थियो

हिंड्ने बाटो भिरैभिर थियो
मुटु भरी पिरैपिर थियो

एक्लो तिमी घाती होईनउ
चारै तिर तिरैतिर थियो

बधाई देउ सम्हालेर ल्याए
तातो तातो झिरैझिर थियो 

हेरी बसे तिम्रो तान्डव नृत्य
तिम्रो भागमा खिरैखिर थियो

ओराली लाग्दा बाछोले खेद्छ
हुकुमी धेरै सिरैसिर थियो 


नबिन नेपाल्
भक्तपुर

24.कोमल मेरा बदनमा पराई पस्नै पर्छ किन ?

इलामे गरुवाली साईलो
कोमल मेरा बदनमा पराई पस्नै पर्छ किन ?
पबित्र खाली सिउदोमा सिन्दुर खस्नै पर्छ किन ?

महादेवलाई केथाहा?प्रसुती पीणा के हो भनी
अस्मिताको गर्भमा मात्र भ्रूर्ण बस्नै पर्छ किन ?

छोराछोरी बराबर समान हक हुन्न भने यहाँ
मृत्युसंग नारी लड्दै पौठे जोरी कस्नै पर्छ किन ?

पुरुषको मनमानीमा नारी अर्थी उठाइदै गर्दा
बहुरानी बनाउदै पुन सिन्दुर घस्नै पर्छ किन ?

सभ्यताका अग्रजहरु एक पल्ट सोच्ने होकी
सृष्टिकी जननीलाई बदनामले ड्सनै पर्छ किन ?


इलामे गरुवाली साईलो


गरुवाली (तारा प्र .अधिकारी )

हाल कत्तार 

25. पाउनु मात्र जित हैन दिनु


पाउनु मात्र जित हैन दिनु पनी जित हुन्छ
शान्ति पाखरिन
सधै भरी बाँच्ने यौटा अजम्बरी प्रित हुन्छ

खानु हुन्न हरेस तिम्ले जिबन जिउनु पर्छ
दिनमा सुक्छ फेरी बिहान झर्ने शित हुन्छ

दु:ख पछी सुख हुन्छ रात पछी दिन जस्तै
हर साथि पहिलाको छायाँ हाम्रो मित हुन्छ

आफु हाँस्दा अरु हाँस्छ रुदै बस्नु हुदैन है
फूलझैँ बास्ना छर्दा यहि मिठो गीत हुन्छ

मिलन बिछोड जिन्दगीको दुइ पाटा जस्तै
जन्मे पछी मर्नु पर्छ यहाँ यस्तै रित हुन्छ


शान्ति पाखरिन
हाल इजरायल

No comments:

Post a Comment