adso

add

Sign up there

Click here for more!

Monday, April 27, 2015

महाभूकम्प अपडेट


महाभूकम्प अपडेट : मृतकको संख्या ४२६४ पुग्यो

  • सिन्धुपाल्चोकमा सबैभन्दा बढी, ८६२ घाइतेको उपचार हुंदै



bhukampa
महाभूकम्पले क्षतिग्रस्त काठमाडौंको वसन्तपुर क्षेत्र । 
काठमाडौं, वैशाख १४ - महाभूकम्पमा परी देशभरीका ३१ जिल्लाका चार हजार दुई सय ६४ को मृत्यु भएको छ । त्यस्तै घाईते हुनेको कुल संख्या भने ६ हजार आठ सय ६२ पुगेको छ । सबैभन्दा धेरै नागरिकको मृत्यु सिन्धुपाल्चोक जिल्लामा भएको छ । काठमाडौं उपत्यकामा मात्रै १४ सय २७ जनाको मृत्यु भएको छ भने तीन हजार ९ सय ९५ जना घाईते भएका छन । भुकम्पको सबैभन्दा धेरै प्रभाव मध्यमान्चल विकासक्षेत्रका जिल्लामा देखिएको छ ।
मध्यमान्चलमा मात्रै २५ सय ५४ जनाको मृत्यु भएको छ भने २५सय ८८ जना घाईते भएका छन । पश्चिमान्चल विकास क्षेत्रका गोर्खा, कास्की, तनहु, नवलपरासी र लमजुङमा गरी २ सय ३१ जनाको मृत्यु भएको छ भने तीन सय २३ घाईते भएका छन् । पूर्वान्चल विकास क्षेत्रका ६ जिल्ला क्रमश ताप्लेजुङ, मोरङ, सुनसरी, भोजपुर, ओखलढुंगा, सोलखुम्बुमा गरी ५० जनाको मृत्यु भएको छ भने दुई सय ६ जना घाइते भएका छन् ।

प्रकाशित मिति: २०७२ वैशाख १४ १२:२३

No comments:

Post a Comment