adso

add

Sign up there

Click here for more!

Monday, April 27, 2015

भूकम्प मापन केन्द्रै थररर....

भूकम्प मापन केन्द्रै थररर....

  • १९९० सालमा ६ दिनसम्म कम्पन



sitapaila
सितापाईलामा क्षतिग्रस्त एक घरबाट बालकको उद्धार गर्दै स्थानिय । तस्विरः बिदुर पाठक
काठमाडौ, वैशाख १४ - आइतबार दिउँसो ११ः०० बजे
स्थानः लैनचौरस्थित भुगर्भ विभाग
पुरानो भवनको दोस्रो तल्लामा रहेको ‘राष्ट्रिय भुकम्प मापन केन्द्र’मा आधा दर्जन भुगर्भविद्हरु तारान्तार आइरहेको भुकम्पको तथ्यांक अपडेटमा ब्यस्त थिए ।
आइतबार बिहानदेखि भुकम्पको मात्रा घट्दै थियो । कम क्षमताका भुकम्प गइरहेकाले सर्वसाधारणहरु त्रसित थिए । भुगर्भविदहरु जतिसक्दो चाँडो भुकम्पको सूचना सम्प्रेषणमा ब्यस्त थिए । केही मिनेटको फरकमा साना भुकम्प गइनै रहेकाले भुगर्भविद् २४ अ‍ै घण्टा केन्द्रमा  थिए । भुगर्भविद्ले भुकम्प आएको एक मिनेटमै कहाँ र कति क्षमताको गयो सम्प्रेषण गर्ने रहेछन् ।
मुलुकका विभिन्न भागमा भएका भुकम्प मापन केन्द्रहरुले केन्द्रको कम्प्युटर प्रणालीमा पठाएका सूचना केलाउँदै भुगर्भविद्हरु गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका अधिकारी र विभागमातहतको उद्योग मन्त्रालयका सचिव जयमुकुन्द खनाललाई जानकारी गराउँदै थिए ।
विभागका उपमहानिर्देशक तथा भुगर्भविद डा.सोमनाथ सापकोटा भुकम्पको क्रम घट्दै गएको र कम क्षमताका भुकम्प आउने संभावना बढी भएको भएको बताउँदै थिए । उनी भन्दै थिए, ‘मच्चिएको पिङ थच्चिन समय लागेजस्तै मात्रै हो । विस्तारै भुकम्प पनि रोकिन्छ ।’ 
त्यति भनेको केहीबेरमै १२ः५४ मा ठूलो झट्का हान्यो । भूकम्प मापन केन्दै्र थरर थर्कियो, टिनको छाना हल्लियो, भुकम्पको तथ्यांक विश्लेषण गर्न राखिएका ४ वटा कम्प्युटर हल्लिए । ‘लौ मा¥यो’ भन्नै भुगर्भविद् पनि कम्प्युटर छोडेर बाहिर निस्किए ।
सामान्य व्यक्तिको होस हवास त उठ्ने नै भयो । भुकम्प विश्लेषण गर्ने भुगर्भविद्को पनि होस हवास उड्ने रहेछ । जो आइतबार तीन घण्टा बस्दा केन्द्रमा देखियो । केन्द्र रहेको भवन नै थर्किएपछि विभागका उपमहानिर्देशक तथा भुगर्भविद् डा.सापकोटा, केन्द्रका प्रमुख लोकविजय अधिकारी, भरतप्रसाद कोइरालालगायत पनि थर्कमान भए ।
‘शनिवारको भुकम्पले बचेको पनि लाने भयो’ भन्दै सबै गुरुरु बाहिरतिर निस्किए, कोही भित्तामा अडेस लागे । शनिवारकै भुकम्पको कम्पनले केन्द्रको भवन चर्काएको छ । भुगर्भविद्हरुले त्यसको जानकारी विभागमातहतको उद्योग मन्त्रालयका सचिव जयमुकुन्द खनाल र गृह मन्त्राललाई गराएका छन् । भुगर्भविद् भन्दै थिए, ‘ज्यानै जोखिममा राखेर भुकम्प अपडेट गराइरहेका छौं ।’
केहीबेरमै कम्पन रोकिएपछि केन्द्रका प्रमुख लोकविजय अधिकारी कम्प्युटरतिर दौडिए । विभिन्न केन्द्रले दिएका सूचना विश्लेषण गर्दै आँकलन गरे– ‘दोलखा र सिन्धुपाल्चोकको सीमालाई केन्द्रविन्दु बनाएर ६.९ रेक्टर भुकम्प गएछ ।’ जुन २०४५ सालको भन्दा ठूलो हो । २०४५ सालमा ६.८ रेक्टरस्केलको गएको थियो । त्यतिखेर ७ सय ५० जनाको ज्यान गएको थियो ।
शनिवार ११ः५६ देखि तारान्तर भुकम्प गईरहेपछि केन्द्रमा भुगर्भ विभागका महानिर्देशक डा.सर्वदेवप्रसाद महतो र उपहानिर्देशक डा.सापकोटासहित आधा दर्जन भुगर्भविद् राष्ट्रिय भुकम्प मापनकेन्द्र लैनचौरमा खटिएका छन् ।
शनिवारदेखि २४ अ‍ै घण्टा केन्द्रका प्रमुख तथा भूगर्भविद् अधिकारी, उमेशप्रसाद गौतम, भरतप्रसाद कोइराला र रत्नमणी गुप्तासहितको भुगर्भविद्को टोली भुकम्पको तथ्यांक अपडेटमा व्यस्त छ ।
केन्द्रले ४ रेक्टरभन्दा बढीको भूकम्पको धक्का आउने बित्तिकै गृह मन्त्रालयलाई जानकारी गराउने गरेको महानिर्देशक महतोले ईकान्तिपुरलाई बताए । ४ रेक्टरभन्दा साना भूकम्पले खासै असर नगर्ने रहेछ । केन्द्रका प्रमुख अधिकारीले ४ भन्दा साना त दुई सयको हाराहारीमा भुकम्प गइसकेको ईकान्तिपुरलाई बताए ।
विभागले भुकम्प मापन गर्न मुलुकका २१ स्थानमा भुकम्प मापन केन्द्र स्थापना गरेको छ । काठमाडौं र वीरेन्द्रनगरमा रहेका दुई स्टेशनबाट भुकम्पको विश्लेषण गरी सूचना प्रवाह गरिन्छ । २१ मध्ये काठमाडौंमा भएको केन्द्रीय स्टेशनले प्युठानदेखि पूर्व रहेका १२ वटा केन्द्रले दिने सूचनालाई विश्लेषण गरी सर्वसाधारणमा सम्प्रेषण गर्ने भूगर्भविद् उमेशप्रसाद गौतमले बताए ।
सुर्खेतको वीरेन्द्रनगरमा रहेको स्टेशनले प्युठानदेखि पश्चिमको बैतडीसम्म रहेका ९ वटा मापन केन्द्रले दिने सूचनालाई विश्लेषण गरी तथ्यांक अपडेट गर्छ । विभागका उपमहानिर्देशक तथा भूगर्भविद् डा.सापकोटाका अनुसार केन्द्रले नेपालको मात्रै होइन ५ रेक्टरभन्दा ठूला विश्वमा जुनसुकै स्थानमा भुकम्प गए पनि मापन गर्छ ।
‘अहिले हामीसंग प्रविधि छ, क्षणभरमै मापन गरी सूचना प्रवाह गर्न सक्षम छौं’, उनले भने । ८ हजार ५ सय १९ जनाको ज्यान जाने गरी १९९० सालमा आएको ८.५ रेक्टरको भूकम्प २ मिनेटसम्म गएको थियो । अहिलेजस्तो प्रविधि र भुकम्प मापन गर्ने केन्द्रसमेत थिएन । तर, त्यतीबेला ६ दिनसम्म कम्पन आइरहेको ब्रम्हशमशेर जबराले वि.स १९९१ मा आफ्नो पुस्तकमा लेखेका छन् । त्यतिबेला र अहिलेको भूकम्पको प्रकृति एउटै भएको डा.सापकोटाले बताए ।





 





प्रकाशित मिति: २०७२ वैशाख १४ १२:४२

No comments:

Post a Comment